चीनका ८० प्रतिशत जनसंख्यामा कोरोना संक्रमण

सल्यान परिबेश डट्कम , २२६५  पटक हेरिएको

एजेन्सी । चीनका ८० प्रतिशत जनसंख्यामा कोरोना संक्रमण भइसकेको छ। चीनमा कोरोनाले विक्रालको रुप लिइसकेको र यहाँको जनसंख्याको धेरै हिस्सा संक्रमित भइसकेको छ।

यसैबीच एक प्रमुख वैज्ञानिकले ठूलो खुलासा गरेको छन्। चाइना सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिवेशनका मुख्य महामारी वैज्ञानिक वू जून्यौका अनुसार चीनमा अगामी दुईदेखि तीन महिनासम्म दोस्रो चरणका कोरोना संक्रमण बढ्ने सम्भावना धैरै कम रहेको छ। किनकी ८० प्रतिशत जनसंख्या संक्रमित भइसकेको छ।

उनका अनुसार २१ जनवरीदेखि चीनमा सुरु भएको ल्यूनर नयाँ वर्षको बिदाको अवसरमा धेरै संख्यामा यात्रुहरुले यात्रा गरेका थिए। जसले केही क्षेत्रमा संक्रमण बढ्न सक्छ। तर दोस्रो चरणको कोरोना लहरको भने सम्भावना छैन।

चीनको सरकारी खबरअनुसार १२ जनवरीसम्म यहाँ करिब ६० हजारभन्दा बढी ब्यक्तिहरुको मृत्यु भइसकेको छ।

#कोरोना

प्रकाशित मिति: २०२३-०१-२२ , समय : २३:३९:१३ , २ हप्ता अगाडि