अभिनेता पर्सीमाथि यौन शोषणको आरोप

सल्यान परिबेश डट्कम , ११५४  पटक हेरिएको

लसएन्जल्स । नेटफ्लिक्सको प्रख्यात वेब सिरिज ‘वेडनेसडे’ दर्शकमाझ लोकप्रिय सिरिज हो । यो सिरिज नेटफ्लिक्सको हालसम्मकै सर्वाधिक सफल सिरिजमा पर्दछ । सिरिजमा जेवियर चरित्रमा अभिनय गर्ने कलाकार पर्सी हायन्स ह्वाइटमाथि यौन शोषणको आरोप लागेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले पर्सीलाई सिरिजबाट हटाउन माग गरेका छन् । २१ वर्षे यी अभिनेतामाथि उनको हाइस्कुलका महिलाहरूले यौन शोषणको आरोप लगाएकी छन् । ती महिलाले सामाजिक सञ्जालमार्फत आरोप लगाएकी हुन् ।

महिलाहरूले पर्सीसँगै उनको साथीमाथि पनि आरोप लगाएका छन् । ‘पर्सी र उनको साथीहरू आफूलाई हट लाग्ने महिलाहरुलाई भेट्न बोलाउँथे । उनीहरु महिलालाई लागुऔषध दिएर यौन शोषण गर्ने चाहना राख्थे । उनीहरुले यौन शोषणसँगै गाली गलोज र तस्वीरहरु अनलाइनमा पठाउने काम पनि गर्थे’, महिलाहरुको आरोप छ ।

महिलाहरुको आरोपपछि पर्सीलाई सिरिजबाट हटाउन सामाजिक सञ्जालमा माग बढ्दो छ । पर्सीको अभिनयलाई मनपराएका दर्शकले पनि उनलाई सिरिजबाट हटाउनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति: २०२३-०१-२३ , समय : ००:३९:५७ , २ हप्ता अगाडि