पश्चिम नेपालबाट मौसमी प्रणाली प्रवेश

सल्यान परिबेश डट्कम , ४२९  पटक हेरिएको

माघ १० । पश्चिम नेपालबाट मौसमी प्रणाली प्रवेश गरेको छ । पश्चिमी न्यून चापीय प्रभाव नेपालमा परेको हो ।

मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइ केही ठाउँमा हल्का देखि मध्यम बर्षा भइ रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति र बुधबारसम्मै पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ । कर्णालीका हिमाली जिल्लामा भने बिहानैदेखि हिमपात भइरहेको छ ।

बिहीबार भने मौसम आंशिकदेखि समान्य बदली भए पनि वर्षाको सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ ।

मौसम बदली भइराखे पनि यसपटक हिउँद लागेदेखि नेपालमा पानी पर्न सकेको छैन ।

प्रकाशित मिति: २०२३-०१-२४ , समय : १०:४१:५९ , २ हप्ता अगाडि