यिनै हुन मरेको मान्छेलाई जिउँदो पार्ने औषधि बनाउने युवा।

सल्यान परिबेश डट्कम , ३२००  पटक हेरिएको

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ। फेसबुक, टिकटक, युट्युवमा भाइरल भिडियोमा एक व्यक्ति आफू मरेको मान्छे ब्यूँताउन शव खोज्दै हिँडेको दाबी गर्छन्। वीर अस्पताल अगाडि बसेर आफूलाई मणिरत्न सापकोटा बताउने युवकले केही युट्युव च्यानललाई दिएको अन्तरवार्ताले अहिले चिकित्सा क्षेत्रलाई नै आश्चर्यमा पारेको छ।

उनले आफूले चार वर्ष लगाएर यो अनुसन्धान गरेर केमिकल पत्ता लगाएको समेत दाबी गरेका छन्। मरेको मानिसलाई जिवित गराउने इन्जेक्सन बनाएको बताउने सापकोटाले आफूले चार वर्ष लगाएर यसको अनुसन्धान गरेको बताएका छन्। नेपालमा चिकित्सा क्षेत्रमा अनुसन्धान गर्ने र गर्नका लागि अनुमति दिने निकाय पनि यस विषयमा बेखबर पाइयो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट कुनै पनि अध्ययन अनुसन्धानका लागि अनुमति लिनुपर्छ।

तर परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवाली आफूहरुसँग यस्तो विषय अनुसन्धानका लागि कसैले पनि अनुमति नलिएकाले हल्लाको पछि नलाग्न आग्रह गर्छन्।‘अहिले जुन विषय बाहिर आएको छ यसबारे अनुसन्धान गर्न हामीसँग यो चार वर्षको बीचमा कसैले पनि अनुमति लिएका छैनन्’ डा ज्ञवालीले भने। भाइरल भिडियोमा सापकोटाले परीक्षणका लागि शव भेटिए खबर गर्न पटक पटक आग्रह गरेका छन्। भिडियोमा तीन वटा नम्बरहरु पनि उपलब्ध गराइएको छ। भिडियो तल राखिएको छ हेर्नुहोला ।


प्रकाशित मिति: २०२३-०१-२४ , समय : १०:५७:५६ , ११ महिना अगाडि