Salyan Paribesh , १५६७ पटक हेरिएको

कसले भन्छ सम्बन्धको अन्त्य हुन्छ ? सम्बन्ध कहिलै पनि अन्त्य हुदैन रहेछ। म संग टाढिएको बर्षौ भैसक्यो तर पनि ऊ अझै मेरो मनमै छे।
सायद उसले पनि मलाइ कहिलेकाही सम्झिन्छे होला।
जिन्दगि लामो छ भन्छन… कुनै न कुनै कुरा ले उसलाई कुनै दिन मेरो याद कसो नदिलाउला र।
ऊ र म मा फरक यत्ति त हो ऊ म बाट धेरै टाढा पुगीसकी , …. अनि म जहाको त्यहि छु। हाम्रो सम्बन्ध त एकै रातको सानो गल्ति ले अनायासै टुट्न पुग्यो। तर दुखको कुरा त्यो दिन मैले ऊ संग रात बिताउने निर्णय नगर्नु थियो या त म बिरामी नहुनु पर्ने थियो। त्यो रात उसले म बाट प्राप्त गर्नु पर्ने इच्छा आकंछ्या हरु धेरै रहेछन अफसोच त्यहि रात म बिरामी भैदिए। बिरामी कै कारण उसले सोचेजति म बाट हुन सकेन ,
उसका इच्छा चाहनाहरु गर्मीयाम मा ओइलाएर झरेको फुल सरि बिहान नहुदै ओइलाएर झरिसकेका थिए। त्यो रात म नपुंसक कहिलिनु बाहेक विकल्प नै थिएन,र उसले सोची पनि त्यसैले त मदेखी टाढिएको हुनु पर्छ त्यहि त बुझ्नु पर्यो नि है ?
जुन दिन उ संग भेट भयो त्यहि दिन देखि यो सानो मन भित्र धेरै ठुला ठुला सपनाहरु सजाउदै गएको थिए ,
बर्षौ लगाएर सजाएका सपनाहरु एकै रातमा बर्षायामको भेल पसे झैँ तहस नहस भएर गयो
अब त ऊ मेरो जिन्दगि बाट पूर्णरुपले टाढा गैसकी , उसले त भुलिसकी मलाइ , सायद उसले सोचे जति
उसका इच्छा अनि चाहनाहरु पुरा गर्न सकिन। र अर्को कुरा उसलाई फकाउन पनि जानिन
हुन त म आफुले आफै संग हारेको मान्छे, फेरी उसको मन जितेर कसरि फकाउन सक्थे र ?
कतिपय सपनाहरु पारिजातका फुल जस्तै हुदा रहेछन, मध्ये रातमा फुल्छन सुगन्ध छाउछन अनि उज्यालोको मुख देखन नपाउदै झर्छन र ओइलाएर जान्छन। हरेक पटक उसका याद संगै ललायीत हुन्छु कयौ पटक आफैलाई भावनामा बहकाउदै चिच्याइ रहन्छु कोल्टे फेर्दै रातका अधरहरुमा उसकै स्वपनमा आश्रीत हुन्छु भिजेका शिरानिका डोब संगै अर्धचेतमा बर्बराउछु। कतिपय रातहरु नशामा लट्ठिएर बिताउछु , उसका अनमोल यादहरु शिरानी हालेर निदाउछु। उसका कोमल त्यी हातहरु, अनि योवनका मातहरु, ऊ बिनाका साथहरु, एक्लै कल्पना सम्म गर्न सक्दिन तैपनि प्रयाश छ आफु उजाड भई जिन्दगि उसको जिताउछु।
ऊ त आफ्नै संसारमा रमाइरहेकी होलि , तर म भने समयको अन्तराल संगै दौडदा दौडदै हजारौ पटक
ठेस लागेर लडिसकेको छु। तर पनि हिम्मत हारेको छैन।
भन्छन, जित्नुको ठुलो कुरा हिम्मत नहार्नु हो भनेर, तर पनि खै किन यस्तो लाग्छ , अब जिन्दगीमा जति नै उपलब्धि हासिल गरेपनि सबै फिक्का हुने छन।
उसले वाचा गरेकी थिइ हाम्रो बिहे असम्भव छ तर पनि मन देखि मन पराएको, माया गर्ने मान्छे सधै संगै हुनु पर्छ भन्ने छैन कालु म तिम्रा दुख शुख अनि हरेक हार जितमा साथ दिने छु भनेर।
तर अन्तिममा उसले मलाइ नै हराएर गई।
बल्ल आज आएर बुझ्दै छु वाचा अनि कसम हरु त सबै ब्यर्थ रहेछन
दिन, हप्ता अनि महिना गर्दै आज बर्षौ बित्यो तर पनि …. अह , उस्ले मलाइ कहिलै सम्झीन।
अचम्म लाग्छ , कुनै दिन मेरो आवाज नसुनी उसलाई निन्द्रा लाग्दैन थियो। राति अबेर सम्म फोन कल र
मेसेज च्याटमा म संग तल्लिन हुने ऊ आज मै संग नबोली बस्न सक्ने भएकी छ, सबै सपना सम्झेर आनन्दले
बसेको देख्दा त लाग्छ भगवान ले उसलाई प्रेम गर्ने मुटु त दिए तर प्रेम गर्न सिकाएनन।
भन्छन हराएको चिज कहिलै फिर्ता पाइदैअन रे , सायद अब उसलाई मैले चाहेर पनि पाउन सक्दिन किनकि ऊ त बदलिएर पनि हराएकी छे। जिन्दगीको हजार पिडाहरुलाई भुलाएर मैले उसलाई सक्दो खुशी दिने प्रयाश गरेको थिए। तर अफसोच उसलाई मेरो खुशीले भन्दा पनि मेरो आशु र पिडाको सामिप्यले खुशी मिल्दो रहेछ , त्यसैले त आज मलाइ तड्पाएर आफु खुशीले बाचेकी छ।
हो म मान्छु प्रेम गर्दैमा विवाहमा परिणत हुनु पर्छ भन्ने छैन तर कसैलाई झुटो आशा देखाएर निराशा बनाउनु राम्रो पनि त हैन।
आज म त्यहि स्थान अनि त्यहि प्रस्थितिमा रुमलीरहेको छु, ऊ त मबाट धेरै पर पुगीसकी, तर म भने उसले जहा छोडेकी थिइ त्यहि छु। उसलाई हदभन्दा बढि प्रेम गर्नुको परिणाम भोग्दै छु। मैले आफ्नो आत्मा त जलाई सके तर अब भित्र भित्रै जलिरहेको यो मन मुटु लिएर घाइते शरीर बोकी जिन्दगीको यात्रा तय गर्दै छु।
अबका दिनहरुमा म कुनै प्रश्न गर्ने छैन उसलाई , सायद प्रश्न गर्नुको पनि कुनै औचित्य छैन अब , यदि उसले मेरो हालत देखेर सोधी भने, ? त्यतिखेर म कुनै प्रतिउत्तर दिन सक्ने छैन। मेरो हालत देखेर उसको आखा बाट आशु नझरोस , किनकि अब म संग उसको आशु पुछ्न सक्ने क्षेमता छैन।
आज पनि मेरो मोबाइलको गेलरिमा उसका तस्बिर अनि त्यी पुराना मेसेजहरु हेर्ने गर्छु , र मनलाई सम्हाल्छु , पुराना मेसेज हरु पढ्दा अचम्म लाग्छ, गह भरि आशु टिलपिलाउन थाल्छन, डाको छोडेर रुन मन लाग्छ। अनि त्यतिबेलै मेरो आखा अगाडि मुस्कुराइ रहेको उसको तस्बिर देख्दा लाग्छ ऊ मेरै साथमा छे, कहिलेकाही त लाग्छ उसलाई फोन गरु, बोलाउ अनि
मन भित्र गुम्सिएका सबै शब्द हरु पोखिदिउ। तर यति गर्ने हिम्मत पनि त छैन म संग। आज पनि उसका त्यी पुराना मेसेज हेर्नकै निम्ति फेसबुक खोल्ने गर्छु , बारम्बार इनबक्समा आएको मेसेजको रातो बटन को संकेत देख्दा लाग्छ उसकै मेसेज आएको छ , तर त्यो मेसेज उसको नभई अरु कसैको हुन्छ अनि मेरो प्रयाश असफल हुन्छ। म फेरी झसंग हुन्छु, र मनलाई सम्झाउछु, जिध्दी नगर ए दिल अब उसको मेसेज कहिलै आउदैन। हो अब उसको मेसेज कहिलै आउदैन।
यदि सामाजिक संजाल अथवा सोसल मिडिया मार्फत यो पत्र तिमि सम्म पुगेको छ, र मेरा बेदर्दी शब्दहरुका आवाज तिम्रो कानमा गुन्जिदै छन भने यत्ति कुरा याद राख्नु धोकेवाज, म संग बिताएका त्यी पलहरु सम्हालेर राख्नु म तिम्रो यादमा अबस्य आउने छु। तर कस्सम हो यार तिम्रो जिन्दगि मा कहिलै फर्केर आउने छैन
हो तिम्रो जिन्दगि मा कहिलै फर्केर आउने छैन।
तुला राम डाँगी क्षेत्रि
सल्यान कपुरकोट
हाल साउदी अरेबिया
भिडियो अडियो सुन्न र हेर्नको लागि तलको लिंक क्लिक गर्नुस
प्रकाशित मिति: २०२२-०२-१२ , समय : १८:२०:३४ , २ वर्ष अगाडि