होटेल, रेस्टुरेन्टले सेवा शुल्क लिन नपाउने सर्वोच्चको फैसला

सल्यान परिबेश डट्कम , ५२४  पटक हेरिएको

काठमाडौं, १२ माघ । सर्वोच्च अदालतले होटेल रेष्टुरेन्टहरुले सेवा शुल्क लिन नपाउने फैसला गरेको छ ।

होटेल रेष्टुरेन्टहरुले लिने गरेको सेवा शुल्क खारेजीको माग गर्दै प्रेमलाल महर्जनले २०७५ साल जेठ २३ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

महर्जनले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले सेवा शुल्क खारेज गर्ने फैसला गरेको हो ।

संविधानको धारा ४४ र धारा ११५ (१) को बमोजिम सेवा शुल्क लिनु मर्म अनुकुल नदेखिएको सेवा शुल्क लिन पाउने प्रावधान सर्वोच्चले खारेज गरेको हो ।

यसअघि श्रम ऐन २०७४ को दफा ८७ (३) र श्रम निमावली २०७५ को नियम ८२ को अनुसार होटेल रेष्टुरेन्टहरुले सेवा शुल्क लिँदै आएका थिए ।

प्रकाशित मिति: २०२३-०१-२६ , समय : २३:३२:१६ , १० महिना अगाडि