प्रेमप्रसादको परिवारलाई धनकुटा खबरको पनि सहयोग

सल्यान परिबेश डट्कम , ६१८  पटक हेरिएको

संसद भवनअगाडि आ’त्मदा’ह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारको साहयताका निम्ती आर्थिक सहयोग संकलन अभियान सुरुवात गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आ’त्मदा’ह प्रयास गरेका आचार्यको हिजो उपचारको क्रममा निधन भएको हो ।

आचार्यले आफूले ३६ वर्ष पूरा गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै सामाजिक संजालमा निराशा व्यक्त गर्दै बाध्य भई उक्त कदम उचालेको बताएका थिए ।

आ’त्मदा’ह अगाडि ६ हजार शब्द भन्दा बढीको ‘सुसाइड नट’ पोस्ट गरेका आचार्यले सोही नोटमा आफु ऋणबाट थिचिएको र उक्त ऋण तिर्न नसकेको अवस्था उनकी श्रीमतीले पनि उनको जस्तो बाटो अपनाउन सक्ने प्रबल सम्भावना रहेको भन्दै आम मानिसमा आर्थिक सहयोगको अपील समेत गरेका थिए ।

आचार्यको आत्मलाप हाल सामाजिक संजालमा भाइरल भएसँगै उनको परिवारलाई देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त हुन थालेको छ ।
यसै क्रममा विगत ८ बर्ष देखि पूर्बी नेपालको धनकुटा जिल्लामा मुख्य कार्यालय स्थापना गरेर संचालनमा रहेको अनलाइन dhankutakhabar.com का संचालकहरुको तर्फबाट पनि रु. ५ हजार प्रेमप्रसाद कि श्रीमती नानुका अधिकारीको ग्लोबल आइएमईमा रहेको खाता नम्बर २९०७०१०००१८१४ मा रकम पठाइएको संचालक बिष्णु बिक्रम निरौलाले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२३-०१-२६ , समय : २३:४५:०७ , २ महिना अगाडि