लोक तथा दोहोरी गायक भीम पौडेलको निधन

सल्यान परिबेश डट्कम , ६७९  पटक हेरिएको

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङ्जा खुदी घर भएका उनको गएराति निधन भएको परिवारका सदस्यले बताएका छन् ।
परिवारका सदस्यका अनुसार उनी केही समयदेखि बिरामी थिए ।

पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय रहेका थिए । पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए ।
‘उनी लोकदोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका हुन् । विगत १०/१२ वर्षदेखि उनी लोकदोहोरी गायनमा सक्रिय थिए ।

पहिलेदेखि नै बिरामी भइरहने उनी डिप्रेसनको सिकार समेत रहेका थिए ।
पछिल्लो समय उनी लाइभ दोहोरीमा बढी चर्चित थिए। एक महिना अघि मात्रै उनको ‘रुमाल बैना’ बोलको गीत सार्वजनिक भएको थियो।

प्रकाशित मिति: २०२३-०१-२७ , समय : १२:१९:०६ , २ महिना अगाडि