Salyan Paribesh , ७३३ पटक हेरिएको

हिमालय एयरलाइन्सको गैरजिम्मेवारीले साउदीमा यात्रु अल-पत्र
हिमालय एयरलाइन्सको गैरजिम्मेवारीको कारण नेपाल आउन लागेका यात्रूहरु साउदीस्थित बिमानस्थलमै अलपत्र परेका छन् ।
गत बुधबार दिउसो २:१० बजे उडान पूर्वसूचना समेत नदिईएको कारण साउदीस्थित हमाद इन्टरनेशनल एयरपोर्टमै पुगेका यात्रूहरु अलपत्र परेका हुन् ।
हिमालय एयरलाइन्स मार्फत रियाद-काठमाडौँ उडानको तय भएकोमा सबै तयारी सहित एयरपोर्ट पुगेकाहरु नेपाल
आउन नपाएकोमा आक्रो’शित भएका छन् ।
एयरलाइन्सको लापरवाहीको कारण यस्तो अवस्था आएको यात्रूहरुले बताएका छन् । अन्तिम अवस्थामा उडान नहुने भएपछि १५० बढी यात्रुहरुको टिकटको पैसा फिर्ता गरिएको छ तर उडानको सबै तयारी सहित साउदीको बिभिन्न स्थानबाट उडानको लागिएयरपोर्टसम्म आएकाहरुको आउने जाने भाडा तथा पिसिआर परीक्षणको शुल्कको समेत वेवास्ता भएको पिडित यात्रूहरुले बताए । पिडितहरुले बिमानस्थल आते-जाते खर्च र पिसिआरको शुल्क समेत एयरलाइन्सले फिर्ता गर्नुपर्ने माग छ ।
बिमानस्थलसम्मनै आईपुगेका यात्रूहरुलाई अन्तिममा आएर उडान नहुने जानकारी गराएर गैरजिम्मेवार बनेको हिमालय एयरलाइन्ससँग यस सम्बन्धमा जवाफ माग्न खोज्दा सम्बन्धित एयरलाइन्सका अधिकारीहरुले फोन उठाएका छैनन् ।
एयरलाइन्स गैरजिम्मेवार बनेको बिषयमा सामाजिक संजालमा बिभिन्न आलोचना भएका छन् । यस सम्बन्धमा साउदी स्थित दुतावासले समेत कुनै जवाफ दिएको छैन ।
यसैबीच एयरलाइन्सले अपरिहार्य परिस्थितिको कारण भन्दै अब साउदीको दम्माम र रियादबाट काठमाडौँसम्म जाने-आउने उडान नहुने सूचना जारी गरेको छ ।
-पिटिअन्लाईन
प्रकाशित मिति: २०२२-०२-१२ , समय : १८:४५:५७ , २ वर्ष अगाडि