बैतडीमा महिला टि-२० क्रिकेटः सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो

सल्यान परिबेश डट्कम , १७९६  पटक हेरिएको

बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय महिला टि—२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । दनपा १० बाराकोटले दनपा ५ दशरथचन्दलाई ६ विकेटले हराएर सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ । यसअघि दनपा २ देहिमाडौं, दनपा ६ थालिगडा र दनपा ८ त्रिपुरा सेमिफाइनलमा पुगिसकेका छन् ।

दशरथचन्दले दिएको ११७ रनको लक्ष्य बाराकोटले १७ दशमलब २ ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्यो । जसमा करिश्मा बुडालले अविजित १९ रनको योगदान गरिन् । दशरथचन्दका लागि संगिता चन्दले २ विकेट हात पारिन् । त्यसअघि निंगलाशैनी क्रिकेट मैदान देहिमाडौंमा पहिला ब्याटिंग गरेको दशरथचन्दले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा ११६ रन बनायो । उसका लागि ममता लेखकले ३९ रनको योगदान गरिन् । बाराकोटका रितु बुडाल र रिया धामीले दुई दुई विकेट हात पारे ।

रितु ओम्यान अफ द म्याच भएकी स्कोरर द्रोपती कुँवरले जानकारी दिइन् । यसैबीच प्रतियोगिताका सेमिफाइनलका खेलहरु सोमबार हुनेछन् । पहिलो सेमिफाइनलमा दनपा २ देहिमाडौं र दनपा ६ थालिगडा भिड्दा, दोस्रो सेमिफाइनलमा दनपा ८ त्रिपुरा र दनपा १० बाराकोट आमने सामने हुनेछन् । देहिमाडौं समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने थालिगडा समूह बी को उपविजेता बन्दै अन्तिम चारमा सुरक्षित भएको हो । यसका साथै दनपा ८ त्रिपुरा समूह बी को विजेता बन्दै सेमिफाइनलमा सुरक्षित भएको हो भने बाराकोट समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
भिडियोमा क्लिक गरि मनोरंजन लिनुस

दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगरखेलकुद विकास समितिको आयोजनामा माघ ९ गतेदेखि शुरू भएको हो । सहिद दिवसको पूर्वसन्ध्यामा सहिद दशरथचन्दको जन्मनगरमा आयोजित प्रतियोगिता माघ १७ गते सम्पन्न हुनेछ । नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र,द्धितिय पुरस्कार नगद १५ हजार, ट्रफि मेडल र प्रमाण पत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगितामा ओमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट व्याट्स ओमेलनलाई १५÷१५ सय, अनुशासीत टिमलाई ३ हजार र ओमेन अफ म्याचलाई ट्रफि प्रमाण पत्र दिइने जनाइएको छ । प्रतियोगिताको समापनको दिन दशरथचन्द नगरपालिकाभित्र रहेका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएको छ । यस्तै यस प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्च स्वरुप जनही १५० का दरले खेलाडीलाई नगद दिने गरिएको छ ।


यी हुन् दैनिक केरा खानुका फाइदाहरु। के-के हुन् त ? जानी राखौ 

यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेको थियो। खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरुको क्रिकेट खेलतर्फ रुची बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाईले बताउनुभयो । निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ ।

प्रकाशित मिति: २०२३-०१-३० , समय : ००:५६:१३ , २ महिना अगाडि