श्रीमानसँग डिभाेर्स गरेर बसेकी सल्यानकी महिलालाई विवाह गर्छु भन्दै भारतमा ५० हजारमा बेचियाे

Salyan Paribesh , ३००  पटक हेरिएको

माघ २९, सल्यान ।

सल्यानकी एक महिलालाइ भारतमा ५० हजारमा बेचेकाे खुलेकाे छ ।

बिहेकाे प्रलाेभन देखाएर सल्यान दार्मा गाउँपालिकाकी एक महिलालाइ भारतमा एक युवकले ५० हजारमा बेचेकाे खुलेकाे हाे । बिचिएकी महिलाकाे माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर ल्याएकाे छ ।

सिमलामा स्याउ फार्मकाे लागि कामदारकाे रुपमा ५० हजार रुपैयाँ कोहलपुरका गोपाल विकले बेचेकाे माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् ।

उनले सिमलाको बागीबाट महिलालाई उद्धार गरी माइती नेपालको संरक्षणमा राखिएको बताइन् । माइती नेपालले फरार रहेका विकमाथि कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

कसरी भयाे घटना

सल्यान दार्मा गाउँपालिका (साविक भल्चाैर ८) माइत भएकी ति महिलाकाे ९ वर्षअगाडी दाङमा एक पुरषसँग बिहे भएकाे थियाे । श्रीमान कमाउन भन्दै भारतकाे सिमलामा गए । श्रीमानले वास्ता नगरेपछि उनि श्रीमानलाइ खाेज्दै भारत गइन् ।

भारतमा श्रीमानले अर्को विवाह गरेको थाहा पाएपछि उनले भारतकाे स्थानीय प्रशासनकाे राेहाेबरमा व्यवहारिक रुपमा डिभाेर्स गरेकी थिइन् । उनको साथमा ८ वर्षकी छोरी पनि छन् । डिभार्सपछि पनि उनी सिमलाअलग्थै बस्न थालिन् ।

त्यसभन्दा अगाडी ति महिलाकाे काेहाेलपुरका ३३ वर्षीय गोपाल विकसँग फाेनमा कुराकानी हुन्थ्याे । उनि नेपालमै हुँदा काेहाेलपुरका विकले उनलाइ भारतबाट फाेन गर्थे । ति महिला भारतमा पुगेर श्रीमान सँग डिभार्स गरेपछि उनकाे फोनबाट गोपालको सम्पर्क भयाे ।

प्रेम सम्बन्धमा रहेकी ति महिलालाई बिहे गर्ने भनेर गोपालले गत असोजमा सिमलाको बागी भन्ने ठाउँ लगे। बिहेको प्रलोभन देखाएर ती महिलालाई गोपालले ४ महिनासम्म आफुसँगै राखे । दुवैले स्याउ फार्ममा चार महिनासँगै बसेर काम गरे। माघ ११ गते गोपाल नेपाल जान्छु भनेर अस्मितालाई स्याउ फार्ममै छोडेर भागेका थिए ।

‘कोहलपुरको ऐलानी जमीन नाममा हालेर आउँछु’ भनेर उनलाई भारतमै छोडेर आएका गोपाल फर्किएनन् । गोपालले ५० हजार भारुमा आफुलाई बेचेको पछि थाहा पाइन् । त्यस पछि उनले आफन्तसँग गोपालको बारे सोधी खोजी गर्न थालिन् । त्यसपछि घटनाबारे माइती नेपालले थाहा पाएकाे हाे ।

– लेकाली अनलाइन

प्रकाशित मिति: २०२२-०२-१२ , समय : १९:३२:५५ , १२ महिना अगाडि