ने क पा माओवादी केन्द्र कपुरकोटले २७ औं जनयुद्द दिबस सौभार्द ढंगले मनाउदै

Salyan Paribesh , १३५०  पटक हेरिएको

फाल्गुन १ , सल्यान ।
ने क पा माओवादी केन्द्र कपुरकोटले २७ औं जनयुद्द दिबस पालिकाका छ ओटै वडामा सौभार्द ढंगले मनाउदै सम्पन्न गरेको छ । यसै अबसरमा घाइते र अपाङ्ग हरुको सिघ्र स्वास्थय लाभको कामना र सहिदहरु प्रती उच्च सम्मान् प्रकट गर्नुका साथै “वीर सहिद अमर रहुन, २७ औं जनयुद्ध दिवस भब्य रूपमा मनाउ, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, अखिल क्रान्तिकारी जिन्दावाद” जस्ता नाराहरु लगाइएका थिए ।

माओवादी घटकहरुले प्रत्येक फागुन १ गते जनयुद्ध दिवस मनाउने गर्दछन् । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन् ।

माओवादी घटकहरुमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी लगाएतका दलहरु छन् ।




प्रकाशित मिति: २०२२-०२-१३ , समय : १८:४०:०३ , २ वर्ष अगाडि