साम्राज्ञीको गुनासो : नबुझी मान्छेहरुले व्यर्थै आरोप लगाउँछन्

सल्यान परिबेश डट्कम , ५९६  पटक हेरिएको

नेपाली फिल्ममा अनेक आरोप खेप्दै अगाडी डो¥याइरहेकी अभिनेत्री हुन् साम्राज्ञी आरएल शाह । उनका बारेमा धेरै जसो फिल्म चल्न नसकेको या चलेको तर अभिनय नभएको जस्ता आरोप लाग्ने गरेका छन् ।

उनी आफैले काम गरेका निर्माणटिमले समेत बेला बेलामा अनेक आरोप लगाउने गरेको सुनिन्छ । तर, यस कुराले अभिनेत्री शाहलाई दुख्ख लाग्ने गरेको रहेछ ।राम्रो काम गर्दागर्दै पनि अरुका कमजोरीका कारण आफुलाई आरोप लगाउदा नमज्जाले लाग्ने बताइन् ।

फिल्म ‘ह्यारी कि प्यारी’को प्रमोसनमा रहेकी शाहलाई पत्रकारले फिल्मकर्मीबाट नै तपाईमाथी अनेक कुराहरु पटक पटक प्रहार भएको देखिन्छ, किन होला?भन्ने प्रश्नको जवाफमा उनले कलाकारलाई बुझिदिने र सुनिदिने मान्छेको जमाथ कम रहेको तर्क गरिन् ।

यस्तो कुरा सुन्दा उनलाई दुःख लाग्ने गरेको बताईन् । राजधानीमा भएको भेटमा उनले भनिन्,‘दुख लाग्छ नि । जहिले पनि मै ‘बलिको बकरा’ बने जस्तो भइरा हुन्छु । तर खै, सबैले बलेको आगो ताप्ने रैछन् ।’


प्रकाशित मिति: २०२३-०१-३१ , समय : २३:०४:०४ , २ महिना अगाडि