सल्यान परिबेश डट्कम , ६३२ पटक हेरिएको

भेरी नगरपालिका- ६ की भद्रकला कामीले लाठी प्र’हा’र गरेर आफ्नै श्रीमान काले कामीलाई ह’त्य गरेको पाँच वर्षपछि घ’ट’ना सार्वजानिक भएको छ । ३० पुस २०७४ मा सिस्नेकी भद्रकला कामीले लाठ्ठी प्र’हा’र गर्दा उनका श्रीमान ४७ वर्षीया काले कामीको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
भद्रकला कामी र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयमा पुरिदिएको प्रहरील जनाएको छ ।जाजरकोट प्रहरीले अनुसन्धान बढाउँदा काले कामीको श’व शौचालयमा पुरिएको अवस्थामा भेट्टाएको जाजकोटका डिएसपी सन्तोष निरौलाले बताए ।
उनका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरीले घ’ट’नास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घ’ट’ना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा काले कामीको श’व भेटिएको थियो ।
काले कामीको पुरै दाँतसहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्ट भित्र मानव कङ्गाल हड्डीहरू फेला परेको छ । भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाइरहेको छ ।
प्रकाशित मिति: २०२३-०२-०२ , समय : १९:५८:४४ , २ महिना अगाडि