आज सुनको मूल्यमा भारी गिरावट

सल्यान परिबेश डट्कम , ८०६  पटक हेरिएको

साताको अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामै १४ सय रुपैयाँले घटेको छ । बिहीबार तोलामा १२ सयले बढ्दै सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।

आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मिति: २०२३-०२-०३ , समय : १२:२१:४७ , १० महिना अगाडि