आजको मौसमः

सल्यान परिबेश डट्कम , ६४०  पटक हेरिएको

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भु-भागमा आंशिक बदली रही तराईका धेरै भु-भागहरुमा हुस्सुरकुहिरो लागेको छ ।

महाशाखा अनुसार आज दिउँसो प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-०५ , समय : १०:१४:०४ , १० महिना अगाडि