अभिनेत्री रेखा थापाले गरिन जाजरकाेटका शाही सँग बिहे

Salyan Paribesh , ८१३  पटक हेरिएको

फागुन २,
काठमाडौं । अभिनेत्री रेखा थापाले विवाह गरिन् । उनले केही दिनअघि इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग विवाह गरेको स्रोतले जनाएको छ ।

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको उनको विवाह १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । रेखा र शाही केही समयदेखि प्रेममा थिए । प्रेमको कुरा भए पनि रेखाले आउँदो वैशाखमा मात्रै बिहे गर्ने बताउँदै आएकी थिइन् ।

उनीहरुले काठमाडौं जिल्ला अदालत पुगेपछि विवाह गरेको बताइएको छ । विसं २०५६ मा फिल्म ‘हिरो’ बाट डेब्यु गरेकी रेखाले एक दशक फिल्म क्षेत्रमा राज गरिन् । अहिले उनी चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय देखिन्छिन् । शाही पर्यटन व्यवसायी हुन् ।

प्रकाशित मिति: २०२२-०२-१४ , समय : १४:५३:३४ , २ वर्ष अगाडि