सल्यान परिबेश डट्कम , ७३६ पटक हेरिएको

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ ।
काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे ९५ वर्षको उमेरमा निधन भएको हो ।
उनको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने बताइएको छ ।
जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए । ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुबाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् ।
स्वर्गीय राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए । राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर गभर्नरको नियुक्ती दिँदा उनको उमेर मात्र २९ वर्ष थियो । उनी हिमालयन बैंकको संस्थापक पनि हुन् ।
उनले ९५ वर्षको उमेरमा समेत २ वटा किताब प्रकाशनको तयारी गरिरहेका थिए । स्वर्गीय राणाका २ छोरा र २ छोरी छन् ।
प्रकाशित मिति: २०२३-०२-०६ , समय : ११:२९:३९ , १० महिना अगाडि