सल्यान परिबेश डट्कम , १४७४ पटक हेरिएको

टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ मा गाजियनटेप सहरनजिक १७.९ किलोमिटर (११ माइल) गहिराइमा ७.८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ।
भूकम्प भएको केही समयपछि टर्कीमा शक्तिशाली परकम्पसमेत महशुस भएको युएसजिएसले जनाएको छ। यहाँ पहिलो भूकम्प गएको ११ मिनेटपछि ९.९ किलोमिटर गहिराइमा ६.७ म्याग्निच्युडको अर्को भूकम्प गएको छ।
प्रकाशित मिति: २०२३-०२-०६ , समय : ११:३७:१६ , १ महिना अगाडि