सल्यानी चेली हरिकला बुढा र कृष क्षेत्रिको स्वरमा कपुरकोटमा भिर गीतको भिडियो सार्बजनिक

पछिल्लो समय ठेट भाषा बोलेरै चर्चा बटुलेका कुल बहादुर ओलीको रोमान्टिक प्रस्तुतिले गितलाइ अझ सुनमा सुगन्ध भरेको देख्न पाइन्छ।

तुला राम डाँगी क्षेत्रि , ७६९२  पटक हेरिएको

सल्यान / माघ, २३ –
लोक दोहोरि क्षेत्रमा धेरै पहिला देखि लागि परिरहेका अब्बल गायक सल्यानमा जन्मिएका कृष क्षेत्रि अनि सल्यानको धनबाङ्गमा जन्मिएकी सल्यानी गायिका हरिकला बुढाको स्वरमा सजिएको कपुरकोटमा भिर नामक गीतको भिडियो सार्वजनिक भएको छ ।

माया प्रेम र रोमान्समा रहेका युवा युवती विचको प्रेम लाई समेटिएको उक्त भिडियोको गीतमा कृष क्षेत्रि, हरिकला बुढा ले स्वर दिएका छन् । उक्त गीतमा ममता राणा मगर, सुवर्ण दुलाल,शकिरा मगर,कुलबहादुर ओली,शान्तराम शताब्दी, प्रवीण पुरी को मोड्लिङ्ग रहेको छ।

कोटमौलाका सुन्तला खादै कुपिण्डे ताल तिर रमाउला भन्दै चित्रण गरिएको उक्त गीतमा पछिल्लो समय ठेट भाषा बोलेरै चर्चा बटुलेका कुल बहादुर ओलीको रोमान्टिक प्रस्तुतिले गितलाइ अझ सुनमा सुगन्ध भरेको देख्न पाइन्छ।

उक्त गीतमा कृष क्षेत्रिले शब्द / संगीत भरेका छन् भने खेमराज गौतमको एरेन्ज र तिलक ठकुरी चिट्टीको निर्देशन तथा दुर्गेश राणा,राजकुमार मगरको सम्पादनमा गीत तयार गरिएको छ । उक्त गीतलाई सनागर पुन एन.बी ले रेकर्डिङ्ग गरेका हुन् भने कुमार सानु पुनले अडियो मिक्सिंग गरेका छन् मादलमा खड्क बहादुर बुढा छन् भने बासुरीमा रत्न बिक अनि सारंगिमा धर्म गन्धर्व रहेका छन्

गीतको भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस


कंप्यूटरमा शॉर्टकट कुञ्जीहरू प्रयोग गरि आफ्नो काम यसरि आसान बनाऊनुस

यो पनि हेर्नुहोस

प्रकाशित मिति: २०२३-०२-०६ , समय : २३:४४:१८ , २ महिना अगाडि