कमल धिताल , ३४९८ पटक हेरिएको

मंगलबार राती ९:२० बजेको समयमा जिल्लाको शारदा नगरपालिका – १ जोगिदेउ खोला नजिकै श्रीनगरबाट बरला तर्फ जाँदै गरेको रा.७ प. ३२६८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको रा.६ प. १५६३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक र सवार सहित ६ जना घाइते भएका छन
घाइते हुनेहरुमा सिद्धकुमाख गाउँपालिका – ३ का २४ बर्षीय सुरेश नेपाली, शारदा नगरपालिका – ७ कजेरीका २१ बर्षीय अर्जुन बुढाथोकी, शारदा नगरपालिका – १ पटनेरीका १४ बर्षीय अनिल शाही, शारदा नगरपालिका – ९ गिठाचौरका १८ बर्षीय डिल्ली राज बोहरा, शारदा नगरपालिका – ६ भट्टाचौरका १५ बर्षीय शिशिर बुढाथोकी र शारदा नगरपालिका – ६ हलचौरका १८ बर्षीय हिमाल बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यनले जनाएको छ।
घाईतेहरुको श्रीनगर स्थित कान्तिपुर अस्पताल र कर्णाली अस्पतालमा उपचार भई रहेको छ ।
घाइते मध्ये अर्जुन बुढाथोकी र हिमाल बुढाथोकीको अवस्था भन्ने अल्लि गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।
कंप्यूटरमा शॉर्टकट कुञ्जीहरू प्रयोग गरि आफ्नो काम यसरि आसान बनाऊनुस
प्रकाशित मिति: २०२३-०२-०७ , समय : २३:२७:३६ , ८ महिना अगाडि