Roshan Pokharel , १८५९ पटक हेरिएको

विराटनगर ।
विराटनगर स्थित तुलसी बहुमुखी सहकारी संस्थाले बचत कर्ताको बचत सुरक्षित रहेकोले ढुक्क संग कारोबार गर्न आग्रह गरेको छ ।
सहकारीका सञ्चालक समितीका सचिवका अनुसार सम्पुर्ण बचत कर्ताको बचत रमक प्रत्येक दिन ३० जना सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट रकम भुक्तानी गरिरहेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो तपाईंहरुको लगानी सुरक्षित छ । भ्रामक समाचार र हल्लाको पछि बचतकर्ता नलागी र ढुक्क संग कारोबार गर्नुहोस ।
मंगलबार साझँ सञ्चारकर्मीहरु सगँ कुरा गर्दै उहाँले आर्थिक तरलताको कारण बचत कर्ताको एकमुस्ट बचत रकम फिर्ता गर्न समस्या भएको तर बजारमा आएको हल्लामा कुनै सत्यता नरहेको समेत उहाँले बताउनुभयो ।
विराटनगर–२ स्थित विराट नर्सिङ होम नजिक र तुलसी सहकारीहरुको कार्यालयमा बचत कर्ताले बचत रकम झिक्न लाइन लाग्न थालेपछि सहकारीले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो ।
तुलसी सहकारीले तुलसी चामल , कुरुम कुरुम चिउरा, भुजिया , दालमोट , मुसुरी दाल ,तुलसी डिपार्टमेन्ट स्टोर लेटाड , दमक र गाइधाटमा सञ्चालनमा भएकाले लगायत सञ्चालनमा रहेको छ ।
उत्पादन मुलक क्षेत्रमा लगानी गरेका छौ बचतकर्ताको रकमलाई सुरक्षित ढंगबाट प्रयोग गरिएको कारण बजारमा आर्थिक मन्दि भएपनी तत्काल बचत कर्ताको रकम फिर्ता गर्न सक्षम सहकारी भएको तुलसी सहकारी सस्थाका अध्यक्ष ले बताउनुभयो ।
हामीले बचतकर्ताको विश्वास र भरोसालाई ध्यानमा राखेर लगानी गरेका छौ । तपाईहरुको बचतलाई सुरक्षित ढंगबाट फिर्ता गर्दै जानेछौ ।
प्रकाशित मिति: २०२३-०२-०८ , समय : ०९:२६:०८ , १ महिना अगाडि