सल्यान परिबेश डट्कम , ६८८ पटक हेरिएको

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारण तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा आंशिक बदली हुने छ।
यस्तै प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति प्रदेश १ को पहाडी भागमा आंशिक बदली हुने तथा प्रदेश १ का उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने छ।
बिहीबार पनि प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं. १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा मौसम बदली भई थोरै ठाउँमा हिमपातको सम्भावना छ ।
शुक्रबार पहाडी भू-भागमा आंशिक बदली हुने देखिएको छ भने राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हिउँ पर्ने सम्भावना रहेको छ ।
हिमपात तथा हुस्सुका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्नसक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति: २०२३-०२-०८ , समय : ११:५०:११ , ८ महिना अगाडि