कपुरकोट गाउँ प्रहरी बलको १५ दिने आधारभुत तालिम सम्पन्न

सल्यान परिवेश डट्कम , ४५२२  पटक हेरिएको

सल्यान / माघ, २६-

कपुरकोट गाउँ प्रहरी बलको १५ दिने आधारभुत तालिम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यान र कपुरकोट गाउपालिकाविच भएको सम्झौता बमोजिम कपुरकोट गाउँ प्रहरीबलको आधारभुत तालिम मिति २०७९।१०।२३ गते जिल्ला प्रहरी कार्यालयमा एक विशेष कार्यक्रम सहित सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दामोदर के.सी.ज्युको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनज्यूको प्रमुख आतित्थ्यता तथा उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, गाउँपालिका योजना तथा प्रशासन शाखा प्रमुख खगेन्द्र बहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी सहायक निरिक्षक एवं आधारभुत तालिमका संयोजक वि.एल. लामिछानेले संचालन गर्नुभएको उक्त कार्यक्रममा तालिमको विषयमा संक्षिप्त प्रतिवेदन जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल बहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।


उक्त अवसरमा प्रशिक्षार्थि गाउँ प्रहरी बलका जवानहरुलाई गाउँपालिका अध्यक्षज्यूले तालिमको प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने दर्जानी चिन्ह गाउँपालिकाका उपाध्यक्षज्यूले प्रदान गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत ज्युले शब्द उच्चारण मार्फत सपथ ग्रहण गराउनुभएको थियो ।


तालिममा अनुशासन र उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा गाउँ प्रहरी बलका जवान दुर्गा वि क पुरष्कृत हुनुभएको थियो । उक्त अवसरमा गाउँ प्रहरी कर्मचारीका आफन्तहरु उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको सुरुवातमा प्रहरी जवानहरुले परेट प्रदर्शन तथा सलामी अर्पण गर्नुभएको थियो भने कार्यक्रमको अन्तमा फोटोसेसन सहित आधारभुत तालिम समापन भएको हो ।







प्रकाशित मिति: २०२३-०२-०९ , समय : ०१:४८:२१ , ८ महिना अगाडि