देशभर ७४७ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

Salyan Paribesh , १७८  पटक हेरिएको

२-फागुन/
पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । ७४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६९६ नमुना परीक्षण गरिएको थियो । ६ हजार २७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४८२ र दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ३१९ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर २० हजार ७३९ संक्रिय संक्रमित छन् । जसमध्‍ये १९ हजार ९३० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ८०९ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १७८ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०२-१४ , समय : १८:०७:२४ , १२ महिना अगाडि