सल्यान परिबेश डट्कम , ६५८ पटक हेरिएको

पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज (बिहिबार) प्रदेश नं. १, बागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहनेछ।
भोलि शुक्रबार पनि प्रदेश १, बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली कायमै रहने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने विभागले जनाएको छ।
सोहीअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ।
यस्तै माघ २८ गते शनिबार पनि देशका पहाडी भूभागमा सामान्य बदली कायमै रहने छ। विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी भूभागमा सो दिन हल्का हिमपातको सम्भावना छ । बाँकी भूभागमा मौसम सफा रहने छ।
उच्च पहाडी भूभागमा हिमपात हुने, पहाडी भूभागमा मौसममा बदली रहने र तराईमा बाक्लो हुस्सु लाग्ने हुनाले जनजीवन प्रभावित हुने र चिसो बढ्ने विभागको भनाइ छ। केही स्थानमा हवाई यातायातसमेत प्रभावित हुनेछ।
प्रकाशित मिति: २०२३-०२-०९ , समय : १२:०५:१५ , ८ महिना अगाडि