माया खोलाको आईपीओ बाँडफाँट, १ लाख ९९ हजार २०० जनाले पाए १० कित्ताका दरले शेयर

सल्यान परिवेश डटकम , ९६५  पटक हेरिएको

माघ २६ गते, बिहीबार माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो। सोमध्ये १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

प्रकाशित मिति: २०२३-०२-०९ , समय : १२:५२:०१ , ४ महिना अगाडि