सल्यान परिवेश डट्कम , २७९७ पटक हेरिएको

पछिल्लो समय नेपालमा क्यान्सरका बिरामी बढ्न थालेका छन् । कम सक्रिय जीवन शैली, सुर्तीजन्य तथा मादक पदार्थको सेवन र असन्तुलित खानपानका कारण क्यान्सरका बिरामी बढ्दै गएको बताइन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार स्तन क्यान्सर हुँदा लक्षणहरू यस्ता देखिन्छन्–
–स्तनबाट असामान्य रूपले दूध,पानी अथवा रगत आउनु
–स्तनको मुन्टोमा असाधारण परिवर्तन हुनु
–स्तनमा गाँठो, गिर्खा आउनु अथवा आकार परिवर्तन हुनु
–स्तन, हाड जोर्नीमा पीडा हुनु, घाउ हुनु,
–शरीरको तौल घट्दै जानु
–स्तनको छाला खुइलिनु अथवा रङ्ग परिवर्तन हुनु
प्रकाशित मिति: २०२३-०२-१० , समय : २३:१५:२२ , १० महिना अगाडि