रादिप सुनुवार र देबी घर्ति मगरको स्वरमा “तिमि राम्रो जीउले” सार्बजनिक (भिडियो सहित)

सल्यान परिवेश डट्कम , ६८७  पटक हेरिएको

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मोडलिङ्गको भूमिकाबाट परिचित सुबाश शर्माको अभिनयमा पुनः अर्को गीत सार्बजनिक भएको छ । उक्त गीतमा “तिमि राम्रो जीउले” बोल रहेको छ । यस गीतको म्युजिक भिडियोमा सुमाश संगै उषा उप्रेतीको पनि आकर्षक अभिनय देख्न सकिन्छ ।

दावा लामाको प्रस्तुतिमा टेर्सांग क्रियसन मार्फत सार्बजनिक भएको यस गीतलाई लोकप्रिय कलाकार रादिप सुनुवारले लय भएका हुन् भने शब्द पवित्रा काफ्लेको रहेको छ । “तिमि राम्रो जीउले” बोलको गीतमा रादिप सुनुवार र अर्की लोकप्रिया गायिका देबी घर्ति मगरको सुमधुर स्वर सुन्न सकिन्छ ।

एक युवाले अर्की युवतीको सुन्दरताको बर्णन गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठको साथमा प्रशान्त मगरले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन दिपक विस्टले गरेका छन् । गीतलाई छोटो समयमा नै धेरै दर्शक श्रोताहरुले मन पराइसकेका छन् । अझै थप दर्शकहरुले मन पराउनेमा प्रस्तुतकार्ता दावा ढुक्क रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रकाशित मिति: २०२३-०२-११ , समय : २१:५५:१९ , ४ महिना अगाडि