सल्यान परिबेश डट्कम , ९३१ पटक हेरिएको

मौसम पूर्वानुमान महाशाखाले हाल प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
महाशाखाले आज आइतबार प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको जनाएको छ ।
यसैगरी महाशाखा अनुसार राती प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति: २०२३-०२-१२ , समय : १३:१०:५० , १० महिना अगाडि