भोली फागुन १ गते देशभर सार्वजनिक बिदा

सल्यान परिवेश डट्कम , १००७  पटक हेरिएको

सरकारले भोलि देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आजको बसेको मन्त्रिपरिषद्‍ बैठकले भोलि(फागुन १) गते जनयुद्ध दिवसको अवसर पार्दै देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा मन्त्रिपरिषद्‍‌ले बिदा दिने निर्णय गरेको हो। माओवादी हरेक वर्ष फागुन १ गतेलाई जनयु’द्ध दिवसको रुपमा मनाउँदै आएको छ। यसअघि बागमती, मधेश र कर्णाली प्रदेशले मात्रै भोलि सार्वजनिक बिदा दिने निर्णय गरेका थिए।



प्रकाशित मिति: २०२३-०२-१२ , समय : २१:३०:४० , १० महिना अगाडि