तुला राम डाँगी क्षेत्रि , ४३०५ पटक हेरिएको

निम (Azadirachta indica) धार्मिक एवम् औषधिजन्य गुण भएको रुख हो।
निमलाई संस्कृतिमा `एरिष्टा´अर्थात उत्तम,पुर्णत र अविनाशी मानिन्छ। निमको संस्कृत नाम निम्ब हो जसको अर्थ राम्रो स्वास्थ्य भन्ने बुझिन्छ। यो रुख नेपालको तराई एवम् मध्य पहाडी भेगमा पाइन्छ र यसको उचाई १२-१४ मिटर हुन्छ।
निमलाई साधारणतया बीउ बाट आकाशे पानीको भरमा उत्पादन गरिन्छ। निमको पात,बोक्रा,जरा र बिउमा रहेका विभिन्न रसायनिक पदार्थले एन्टिसेप्टिक (घाउ आदिमा रोगणु नास गर्ने),एन्टिपाइरेटिक (तापक्रम नियन्त्रण गर्ने), एन्टि अल्सर, एन्टि फङ्गल (ढुसी बाट बचाउने) आदि कार्य गर्दछ।
वर्तमान समयमा निम एक प्राकृतिक देन हो जसले विश्वव्यापी रुपमा कृषि, वातावरण र सार्वजनिक स्वास्थ्य समस्यामा ठूलो योगदान पुर्याउन मद्दत गर्दछ। निममा यति धेरै गुण हुदाहुदै पनि यसको सहि सदुपयोग भने हुन सकेको छैन।निम सेवन गर्दा तितो हुने भएकाले पनि धेरै यसको प्रयोग नगरेको पाइन्छ। कृषि,वातावरण र सार्वजनिक स्वास्थ्यमा यसको निकै प्रभावकारी भुमिका हुदाहुदै पनि नजिकको तिर्थ हेला भने जस्तो मानवले यस्को सहि सदुपयोग गर्न भने सकेको छैन।
नीम र त्यसबाट हुने फाइदा हेर्नुहोस भिडियो सहि
निमको मान्छेको स्वास्थ्यमा उपयोगिताहरु :
१. ज्वरो आएमा
शरीरमा रहेको मन्द ज्वरो यदि अरु कुनै औषधिले काम गरेन भने, १ चम्चा निमको बोक्रा भित्रको छाला १ ग्लास पानीमा पकाएर बिहान पिउनाले जस्तै ज्वरो पनि १ हप्ता भित्र निको गराउन मद्दत गर्छ।
२. दातको रोगमा
दातको रोग निमको फुलको काडा पानीमा पकाएर बिहान बेलुका मुख कुल्ला गर्नाले ठिक हुन्छ।
३. नाथ्रो फुटेमा
निमको पात र ज्वानोको पानीमा पिनेर दुबै कन्चठमा लगाउने
४. दमको रोग
निमको तेलले दमको रोग निको पार्न सहयोग गर्छ
५. झाडा लागेमा
२ चम्चा निमको बोक्रा पानीमा पकाएर पिउने
६. अपच अरुची भएमा
निमको पाकेको गेडा खाने
७. डंडीफोर भएमा
निमको बोक्रा थिचेर रस लगाउने
८. आँखा तेजिलो बनाउन
निमको रसको प्रयोगले आँखा तेजिलो बनाउन सहयोग गर्छ।
९. मलेरिया
निमको रस प्रयोग गर्ने
१०. कपाल दुखेमा
दुई थोपा निमको रस नाकमा राख्ने
११. कान दुखेमा
२-३ निमको रस कानमा राख्नाले कान दुख्ने कान पाक्ने समस्याहरु निको पार्न सहयोग गर्छ।
१२. आँखा दुखेमा
कमलो पातको ३-४ थोपा रस आखामा राख्ने
१३. रतअन्धो भएमा
निमको तेलको प्रयोग गर्ने
१४. पक्षघात भएमा
नियमित तेलले मालिस गर्ने
१५.अन्य फाइदाहरु
– दाज
– घाउ पाकेमा
– क्यान्सरको घाउ
– लु लागेमा
– बिच्छी ,बारुला आदिले टोकेमा
प्रकाशित मिति: २०२३-०२-१३ , समय : १५:०४:२४ , ४ महिना अगाडि