भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा

सल्यान परिबेश डट्कम , ७७४  पटक हेरिएको

काठमाडौं-

यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । यातायात मजदुरहरूले सोमबार साँझ विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् ।

नयाँ बसपार्कको ठेकेदार लोत्से कम्पनीले गु’न्डागर्दी गरेकोले आफूहरु सडकमा उत्रिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजुर संघ र अखिल नेपाल यातायात मजदुर संघद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ।

यातायात मजदुरले आज बालाजु क्षेत्रमा सडकमा गाडी तेर्साएर अवरुद्ध गरेका छन् । उनीहरूले प्रहरीका दुईवटा भ्यान पनि ज’लाएका छन् ।आ’न्दोलनका यातायात मजदुरमाथि हातपात समेत भएको विज्ञप्तिमा उल्लेख छ ।


नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||

प्रकाशित मिति: २०२३-०२-१३ , समय : २३:४२:२१ , ४ महिना अगाडि