कृषि मन्त्री शर्माद्वारा बिरामी भेटघाट तथा फलफूल वितरण

कमल धिताल , ५५२८  पटक हेरिएको

फागुन ०१, सल्यान ।  जनयुद्ध दिवसको अवसरमा सल्यान जिल्ला अस्पतालमा रहेका बिरामीहरु संग भेटघाट तथा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

अखिल क्रान्तिकारी सल्यान र YCL सल्यानको आयोजनामा २८ औं जनयुद्ध दिबसको अवसरमा आज सल्यान जिल्ला अस्पतालमा भर्ना भएका सम्पुर्ण बिरामीलाई फलफूल वितरण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कर्णाली प्रदेशका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गर्नुभएको थियो । आजकै दिन अर्थात २०५२ फागुन १ गतेदेखि माओवादीले सशस्त्र युद्ध सुरु गरेको थियो । त्यस्तै जनयुद्ध दिवसका अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको थियो ।


नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||

प्रकाशित मिति: २०२३-०२-१४ , समय : ००:३५:३३ , १ महिना अगाडि