तुला राम डाँगी क्षेत्रि , ६०३९ पटक हेरिएको

सल्यान / फागुन, २ ।
आज फेब्रुअरी १४ तारिख ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस ।
प्रेमीप्रेमीकाको आज विशेष दिन । युगल जोडीले माया साटासाट गरेर र आपसमा शुभकामना आदानप्रदान गरेर महत्वका साथ मनाउने गर्दछन् ।
प्रणय दिवसका अवसरमा आज देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरु प्रेमजोडीले भरिभराउ हुन्छन् । नेपालमा पनि पछिल्लो समय प्रणय दिवस मनाउने चलन बढेर गएको छ ।
नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||
यो दिवस १४ फेब्रुअरी अर्थात आजकै दिन विशेष रुपमा मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो ।
प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन । समग्रमा भन्दा प्रणय दिवस एउटा बाँच्ने आधारशिला नै हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन भने जिउनुमा कुनै सार्थकता हुँदैन थियो होला ?
प्रेम दुई विपरीत लिङ्गीबीच मात्रै होइन, प्रेम त परिवारसँग हुन्छ, साथीहरुसँग हुन्छ, आफना प्रियजनहरुसँग पनि हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने ऊर्जा दिन्छ ।
प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई वरषौं आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन् । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण हुने गर्छ ।
प्रकाशित मिति: २०२३-०२-१४ , समय : १३:४५:१९ , ७ महिना अगाडि