Salyan Paribesh , ८७१ पटक हेरिएको

फाल्गुन २, सल्यान /
प्राकृतिकको अदभुत बरदान घना जंगलको बीच फ़िजारिएको गगनको टुक्रा जस्तै। जहा सात समुन्द्र तरेर ऋतुकाल बिताउन आउछन साइबेरियाका चराहरु, जिवन जगत र प्राकृतिक संग नजिकको साक्षातकार जैविक बिबिधाको खुल्ला संग्रालय अर्थात { रारा ताल }
सयौ थरिका चरा चुरुंगी हरुको आफ्नै चिरबिराहट, जंगलको आफ्नै सुशेली अनि सयौ प्रजातिका जिव जन्तुको पृथक लबसको धुन , … । हो यहा पुग्ने जोकोहीलाई ऋषि महर्सिको तपस्थलि ततभुर्वर जस्तै भाव हुन्छ। संघिय संरचना अनुसार साबिकको माझघट्ट, मुर्माटप, लामाचौर, मिलिचौर अनि ताल्चा एरपोर्ट सम्म भू-भाग समेटेर बनाइएको रारा राष्टिय निकुञ्जमा नामाकरण, र यसै मनोरंजन स्थलका आधारमा पनि नामाकरण गरिएको छ।
समुन्द्री सतह बाट २९९० बर्ग किलोमिटर रहेको छ। रारा राष्टिय निकुञ्जको कुल क्षेत्रफल १०६ वर्ग किलोमिटर अनि तालको लम्बाई लम्बाई ५ किलो मिटर, चौडाइ ३ किलो मिटर, यसको गहिराइ १६८ मिटर, तालको कुल क्षेत्रफ़ल १०.८ किलो मिटर रहेको छ। माझघट्ट र मिलिचौर बीच कचौरा आकारमा फैलिएको निलमन्न गगनको टुक्रा जस्तै यो ताल कर्णाली प्रदेशको नभई देशको प्रमुख पर्यटकिय गन्तब्य हो।
हिमाल क्षेत्र अर्थात नेपालकै सबै भन्दा ठुलो ताल हो। पर्यटकीय टुरिष्टले आकर्षन रमणिय छ। पौराणिक तथा धार्मिक मान्यताका आधारमा उत्तिकै महत्वपुर्ण छ। प्राचिनकाल कोटे राजा ले खोज र अनुसन्धान प्राप्त का आधारमा यो ताल महाभारत काल भन्दा पहिला पबित्र तिर्थस्थल भएको उल्लेख छ।
अनि यस तालको इतिहास यहाका मुगाली समुदाय संग जोडियको र यहा बिभिन्न किम्मतदन्ति पनि पाइन्छ। प्राचिनकालमा साह जाति का बसोबास रहेको, सोतहि गाउ डुबेर यो ताल बनेको मान्यता पाइन्छ। अझै रारा ताल लाइ अर्को नाम ले पनि प्रचलित छ { महेन्द्र ताल } …हो …. यस नामको पनि रोचक प्रसंग छ। शुन्दर बस्ति डुबेर कचौरा आकारको ताल बनेको हो भन्ने थाहा पाए पछि बि. स. २०२० साल चैत्र १३ गते राजा महेन्द्र ले भ्रमण गरेको ले यस तालको नाम महेन्द्र तालमा नामाकरण गरिएको र त्यहि जनाबिस्वास रहेको छ।
गमगढि बजार बाट १२ किलो मिटरको दुरीमा पर्ने यो ताल पूर्वमा धार्मिक स्थल छायानाथ को शिर अनि पश्चिममा खत्याड खोला सम्म फैलिएको छ , लम्बाई ५ किलो मिटर अनि चौडाइ ३ किलो मिटर सम्म फैलिएको यो प्राकृतिक रारा ताल, गगन चुम्बे कचौरा आकारमा सजावटि रुपले बनेको छ यस आसपास मा रहेका चौतर्फी धार्मिक तिर्थ स्थल अर्थात पर्यटकिय स्थल ले भरिपूर्ण औधतिक अबस्था मा रहेको छ।
शिर मा छाया नाथ मन्दिर, चंगखेली हिमाल , तमालिका मन्दिर , खेस्मालिका मन्दिर, र नाम्जेत भंज्यांग , अबस्थित क्षेत्र बीच रहेको छ। जंगल बीच तालै ताल को लस्कर रही जैविक बिबिधा ले भरिएको यो क्षेत्र, हिमाल र पहाड जोड्ने जैविक मार्ग पनि हो।
पुर्व पश्चिम लाइ ओगटेको गगन चुम्बे रारा तालमा दुर्लभ चरा चुरुंगी ले बिचरण गर्ने शान्त भुमि अनि सुरक्षित बासस्थान पनि हो। बिस्व जल श्रोत स्थान मा संकटापन्न रैथाने माछा हरु, पुतली तथा अन्य दुर्लभ चरा चुरुंगी र बन्य जिव संरक्षण कै कारण यो ताल बि.स. १९७६ मा सिमसार सुची मा सुचिकृत गरिएको हो, साथै रारा राष्ट्रिय निकुञ्ज बि.स. २०३२ सालमा स्थापित गरिएको हो। बिस्व भर १०३१४ राम सागर मध्य केहि बिशेष स्थानिय प्रजातिका माछा हरु , पुतली हरु , तथा बन्य जिव जन्तु हरु यो गगन चुम्बे तालको क्षेत्र मा मात्र पाइन्छन। त्यसैले पनि विस्वका संकटापन जल थर , स्थाल थर , जैविक बिबिधाको दृष्टिले रारा ताल अथवा { महेन्द्र ताल } महत्वपुर्ण रहेको छ।
१०२४ प्रजातिका बनस्पति तथा जडिबुटि पाइने यो क्षेत्र मा, चिराइतो, पाच औले, यार्सागुम्बा प्रजातिका निकै बहुमुल्य मानिने औषधि को रुपमा प्रयोग आउने गर्दा छन : धुपी सल्लो , बाज, गुराशको घना जंगल को क्षेत्र बिस्वब्यापी रहेको छ। संसारको प्रावधान अनुसार बिस्व का आठ मध्ये… महत्व पुर्ण अन्तर्गत अन्तराष्ट्रिय चरा चुरुंगी हरुको सूचक यस ताल मा उपलब्ध छन।
२७२ भन्दा बढि रैथाने तथा आगन्तुक चराहरुको बसोबास रहेको यस क्षेत्रमा दक्षिण एसियाको १ प्रतिशत चरा चुरुंगी यहि बसोबास गरेको पाइन्छ। डाफे, कालिज , हरि हास , नाधुं हास , बगाले सिम कुखुरा ,तथा अन्य चरा चुरुंगी हरु यस रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेको छन। यहि , जलेवा , सेतो हास , सूचक प्रजातिका रुप मा छन। बिस्वब्यापी रुपमा लोभ हुदै गएका भुडिफ़ुर गरुल , डाफे सितो गिद्ध, मुनाल , हाजहलाचे , लगायतका चरा हरु बसोबास गर्दा छन।
अझै रोचक कुरा , यस क्षेत्र मा प्रत्यक वर्ष साइबेरिया लगायत अन्य मुलुक बाट दर्जनौ चराहरु आउने गर्दा छन। सयौ प्रजातिका बन्यजन्तुका साथै विस्वका दुर्लभ प्रजाति : जरायो, बाघ , हिमाली भालु, बदेल , चितुवा , रतुवा, बादर, खरायो जस्ता अन्य बन्यजन्तु हरुले गर्दा यहाको जैविक महत्वपुर्ण बिस्वब्यापी बनाएका छन। यहा १०६ वर्ग किलो मिटर फैलिएको रारा राष्ट्रिय निकुञ्जमा जंगलले ओगटेको छ भने १०.८ वर्ग किलो मिटर क्षेत्रफल रारा ताल अर्थात { महेन्द्र ताल } ले ओगटेको छ। १०२४ प्रजातिका बोट बिरुवा, २७२ प्रजातिका चराहरु , ४ प्रजातिका माछा हरु , ५१ प्रजातिका जनावर हरु पाउने यो ठाउ संरक्षण तथा जैबिक बिबिधता को लागि क्षेत्रमा खोजि गर्नेहरुको लागि बिस्व विख्यात अध्यन केन्द्र समेत हो।
बिस्वब्यापी महत्वपुर्ण र प्रचुर सम्भावनाको क्षेत्र भएपनि राज्यको ध्यान नपुगेको बेला संघीय ब्यबस्था अनुसार स्थानिय तहको निर्वाचन पछि यहाको बिकाश प्रबधनमा जोड दिन थालिएको छ। स्थानिय सरकार तथा सरोकार निकायको पहलमा पछिल्लो समय मा रारा राष्ट्रिय निकुञ्ज जैबिक तथा प्राकृतिक चिडियाखानाको रुपमा बिकाश हुदै गएको छ।
प्राकृतिक सौन्दर्य तथा जैविक बिबिधताले समृद्ध भएपनि पहिलो रुपमा मानविय गति बिधिका कारणले ताल क्षेत्रमा जैविक संरक्षण चुनौती बन्दै गएको छ। यो ताल लाइ जैविक रुप मै संरक्षण गर्दै गर्यो भने नगरपालिका यस अन्तर्गत रहेको बृहत रारा राष्ट्रिय निकुञ्ज अर्थात रारा पर्यटन बिकाश बोर्डले थुप्रै काम गरि रहेको छ। रारा तालको मुख्य क्षेत्रमा छायानाथ प्रसिद्ध मन्दिर रहेको ले यो क्षेत्र धार्मिक टुरिष्टले समेत अबस्थाको केन्द्रबिन्दुको रुपमा स्थापित रहेको छ। साउने पुर्णिमा , माघे संक्रान्ति , मंसिर पंचमी लगायत पर्वमा धार्मिक मेला लाग्नुको कारण धार्मिक पर्यटनको महत्व बढ्नु स्वभाबिक रहेको छ …।
अडियो भिडियो हेर्न तल क्लिक गर्नुहोस
प्रकाशित मिति: २०२२-०२-१४ , समय : १९:१८:२६ , २ वर्ष अगाडि