आजको मौसमः

सल्यान परिबेश डट्कम , ४८०  पटक हेरिएको

हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

देशका केही ठाउँमा बादल लागेको छ । प्रदेश एक,  बाग्मती  र गण्डकी प्रदेशका केही ठाउँमा गएरातीदेखि बादल लागेको छ । तर  हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले पानी पर्ने सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।


नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||


राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सफा रहने छ ।

केही उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-१५ , समय : ११:०९:१६ , २ महिना अगाडि