सल्यान परिबेश डट्कम , २३३८ पटक हेरिएको

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेले पाए देश बर्बाद हुने बताएका छन् ।
बुधबार समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले सभामुख, राष्ट्रिय सभा अध्यक्ष एमालेको रहेकामा राष्ट्रपति पनि एमालेले पाए देश बर्बाद हुने बताएका हुन् ।
“सभामुख एमालेको, राष्ट्रियसभा अध्यक्ष एमाले, राष्ट्रपति एमालेलाई दिए त बर्बाद नै हुन्छ ” अध्यक्ष नेपालले भने ।
अध्यक्ष नेपालले विचार र सिद्धान्त मिल्नेसँग मोर्चा बनाएर अगाडि बढ्ने बताए ।
प्रकाशित मिति: २०२३-०२-१५ , समय : ११:२०:२० , ७ महिना अगाडि