कमल धिताल , ७१४६ पटक हेरिएको

सल्यान / ०३ फागुन
सल्यानको कपुरकोट गाउँपालिकाले बालविवाह न्यूनीकरण गर्नको लागी विवाह गर्नु अघि वडा बाट अनिवार्य रुपमा सिफारिस लिनु पर्ने निर्णय गरेको हो।
केहि दिन अगाडि मात्र सम्पन्न भएको कपुरकोट गाउँपालिकाको १२ औ हिउदे गाउँसभा बाट उक्त निर्णय गरिएको हो ।
गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न पालिकाका छ वटै वडा कार्यालयमार्फत विवाह अगाडि अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनु भएको छ । गाउँपालिका अध्यक्ष पुनले पछिल्लो समय गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न धेरै प्रयास गर्दा पनि न्यूनीकरण नभएपछि बिवाहा हुनु अघि वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने व्यवस्था गाउँसभाबाट गरिएको हो । उक्त निर्णय अबको केही दिनमा कार्यान्वयन हुने बताएको छ ।
नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||
गाउँपालिकाले गरेको निर्णय लाई ब्यवास्ता गरि बालविवाह गरेको पाइएमा कानुन बमोजिम कार्वाही हुनुका साथै विवाहको कार्डमा अनिवार्य दुलहादुलहीको उमेर खुलाउनुपर्ने व्यवस्था गरिएको अध्यक्ष दुर्गा बहादुर पुनले बताउनु भएको छ ।
प्रकाशित मिति: २०२३-०२-१५ , समय : १८:३१:२५ , ७ महिना अगाडि