भोजपुरी अभिनेत्री अक्षरा सिंहको जबरजस्त ‘डान्स’ ले सलमान खानका कोरियोग्राफी समेत छक्क

Salyan Paribesh , ११३३  पटक हेरिएको

भोजपुरी क्वीन अक्षरा सिंह अहिले विभिन्न कारणले चर्चामा छिन् । हालै उनी खेसरीलाल यादवसँग ‘सपना मै इन्ट्री’ गीतमा देखिएकी थिइन् । गीतमा अक्षरा, खेसरीलालको केमेस्ट्रीले दर्शकको मन जित्न सफल भयो । अक्षराका नयाँ गीतहरू रिलिज भएको थिएन कि उनी नयाँ इन्स्टा रिल लिएर आएकी थिइन् ।

त्यो पनि चलचित्र पुष्पाको चर्चित गीतमा । हेर्नुस भिडियोमा अभिनेत्रीले कसरी हंगामा मच्चाइन् । भोजपुरी रानी अक्षरा जति राम्रो अभिनेत्री छिन् त्यति नै राम्रो डान्सर पनि छिन् भन्ने कुरामा कुनै शंका छैन । धेरै पटक उनले म्युजिक भिडियो र इन्स्टाग्राम रिल्समा पनि आफ्नो नृत्य कौशलको झलक देखाइसकेकी छिन्। त्यसैगरी, एकपटक फेरि अक्षरा आफ्नो डान्सबाट मानिसहरूलाई खुसी तुल्याएकी थिइन्।

इन्स्टाग्राम भिडियोमा अक्षरा पुष्पाको ‘ओ अन्तावा’ को हिन्दी संस्करणमा नाच्दै देखिएकी छिन् । भिडियोमा अभिनेत्रीलाई ‘ओउ बोलेगा वा उउ बोलेगा’ गीत गाएको देख्न सकिन्छ । अक्षरा ग्रुप डान्समा राम्रो नाच्ने मात्रै नभएर अनुभूति गरेर पनि अचम्मको अभिव्यक्ति दिईरहेकी छिन् । नायिकाको डान्स मुभ देखेरै थाहा हुन्छ कि उनी यसमा कति हराएकी छिन् ।

उनले भिडियोसँग एउटा रमाइलो क्याप्सन पनि सेयर गरेकि छिन् । अक्षराले लेखेकी छिन्– यो सुनेपछि मलाई हल्का रुपमा लिएको हो ? म शेरनी हो शेरनी । केही सेकेन्डको इन्स्टा रिल यति धमाकेको छ कि सबैले भिडियोमा कमेन्ट गर्दै अक्षराको तारिफ गरिरहेका छन् । सर्वसाधारण मात्रै होइन, बलिउड कोरियोग्राफर मुदस्सर खानले पनि अक्षराको डान्स भिडियोमा टिप्पणी गर्दै लेखेका छन्, –बिल्कुल हल्का रूपमा लिएको छैन ।

प्रकाशित मिति: २०२२-०२-१५ , समय : ०५:५६:१५ , २ वर्ष अगाडि