सल्यान परिवेश डट्कम , ४२५९ पटक हेरिएको

1- भए देखि केन्द्र प्रदेश नगर हजुरको
कस्तो छ विकासको लस्कर हजुरको
देश बन्नेकि भत्किने भोलि थाहा होला
घुमेर पालो आएकोछ भरखर हजुरको
अभियानमा हुनुहुन्थ्यो मुटु बिना बाँच्ने
कहाँ पुग्यो भन्नुहोस् सफर हजुरको
रिसाउनु भयो भेटमा हाल खबर सोध्दा
महंगो भएछ आजभोलि खबर हजुरको
कर्णाली मात्र हो अभाव दबाबमै पर्ने त
सेवा सुविधाले भरिपूर्णछ सहर हजुरको
2- लफाँङगा सँग लागेदेखि साली पनि
तरासमा बसेको छ ससुराली पनि
अबदेशले नयाँ काँचुलिफेर्छ सोचेको
सरकार गतिलो बनेन यसपालि पनि
अझैँ कहाँ लगेर छोड्ने हुन देशलाई
मिलिजुली मधेसी पहाडी हिमाली पनि
न बेलैमा राहत पाउँछ नओखती पाउँछ
बिधुवा चेली झैँ बनेकोछ कर्णाली पनि
सुनिल राना बिरही सल्यान
नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||
प्रकाशित मिति: २०२३-०२-१७ , समय : १८:३१:४३ , ३ महिना अगाडि