सल्यान परिवेश डट्कम , ११०० पटक हेरिएको

गायक तथा संगीत गुरु भीम चापागाईंको नयाँ गीत ‘अरे हो काइँली’ सार्वजनिक भएको छ । विश्व कीर्तिमानी गायक, संगीतकार तथा एरेन्जर लक्षुप्रकाश मल्लको शब्द, संगीत र एरेन्ज रहेको गीत ‘अरे हो काइँली’लाई स्टार म्युजिकले बजारमा ल्याएको हो ।
गीतमा शास्त्रीय संगीतमा इलाहावादबाट संगीत प्रविण गरेका गायक चापागाईंसँगै गायिका शान्तिश्री परियारको समेत स्वर रहेको छ । अहिलेको चलनचल्तीको भाकालाई संगीतकार मल्लले नौलो शैलीमा गीतलाई प्रस्तुत गरेका छन् ।
गीतमा विना राउत र सरोज प्रजाले अभिनय गरेका छन् । गीतको भिडियो निर्देशन अशोक विकले गरेका छन् । बासु न्यौपानेको नृत्य, रोशन धितालको सम्पादन रहेको गीतलाई भीम चापागाईं युट्युब च्यालनमा हेर्न पाइन्छ ।
लोक लयमा आधारित उक्त गीतलाई विनोद चिनालले रेकर्ड गरेका हुन् भने मिक्सिङ एचबिएन किस्मतको रहेको छ । निकै रमाइलो पारामा गीतको भिडियो तयार पारिएको छ । दर्शक स्रोताले गीत मनपराइदिनेमा आफू आशावादी रहेको गायक चापागाईं बताउँछन् । एरेन्जर तथा संगीतकार लक्षुप्रकाश पनि गीतबाट आशावादी रहेका छन् ।
प्रकाशित मिति: २०२३-०२-१७ , समय : २२:१५:३८ , १० महिना अगाडि