ससुराली गएका एक पुरुष सुतेकै ठाउँमा मृ’त फेला

सल्यान परिबेश डट्कम , ५७२  पटक हेरिएको

पाल्पामा ससुराली गएका एक पुरुष सुतेकै ठाउँमा मृ’त अवस्थामा फे’ला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार​ जिल्लाको रिब्दिकोट गाउँपालिका-४ भार्कोट स्थायी घर भई रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ बस्दै आएका ४५ वर्षीय थानेश्वर सुवेदी शनिवार बेलुका खाना खाई सुतेका उनी आइतवार बिहान सुतेकै ठाउँमा मृ’त फे’ला परेका हुन् ।

प्रवक्ता थापाका अनुसार सुवेदी गएको शुक्रवार श्रीमती कोपिलासँगै रिब्दिकोट गाउँपालिका-४ भार्कोटस्थित ससुरालीमा पुगेका थिए।  आइतवार बिहान साढे ६ बजेको समयमा चिया पिउनको लागि उठाउन जाँदा सुतेकै ठाउँमा मृ’त अवस्थामा आफूले देखेको श्रीमती कोपिलाले प्रहरीलाई बताएकी छिन्।


नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||


प्रारम्भिक अनु’सन्धान पश्चात श’वलाई पो’ष्टमा’र्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको र उक्त घ’टनाका सम्ब’न्धमा थप अनुस’न्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-१९ , समय : २२:४३:४२ , १ महिना अगाडि