सल्यान परिबेश डट्कम , ३०४४ पटक हेरिएको

सल्यानको छत्रेश्वरी गाउँपालिका ३ मा धारिलो हतियार प्रहारबाट एक महिला घाइते भएकी छिन ।
छत्रेश्वरी गाउँपालिका वडा नं. ३ मुलखोला बस्ने ३१ वर्षिय दुर्गा ओलीले साेहि ठाउँ बस्ने गाउँले भाउजु नाता पर्ने ३७ वर्षिय दुर्गी खड्का संग एक आपसमा सामान्य वादविवाद हुँदा दुर्गी खड्काको टाउकाको बाँया साईड र बाँया कानमा धारिलो हतियार प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घाइतेको उपचारको लागि श्रीनगर स्थित परोपकार अस्पतालमा ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी नेपालगंज बाँके तर्फ रिफर भइ नेपालगंज नर्सिङ होममा उपचार भैरहेको बताइएको छ । कुटपिट गर्ने दुर्गा ओलीलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।
नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||
प्रकाशित मिति: २०२३-०२-१९ , समय : २३:०५:४२ , ३ महिना अगाडि