सल्यान परिबेश डट्कम , १०४६ पटक हेरिएको

काठमाडौं, ११ फागुन ।
नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीले सिफारिस गर्न थाल्नु लज्जास्पद भएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमामा लेख्दै उनले देशको राष्ट्रपतिको नाम विदेशीले सिफारिस गर्न थाल्नु लज्जास्पद भएको उल्लेख गरेका हुन् ।
उनले पदका लागि शीर्ष नेताहरूले गरिरहेको छलफल देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुने उल्लेख गरेका छन् ।
नेता रावलले भनेका छन्ः
पदका लागि ‘शीर्ष’ नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि?
नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले ।लज्जास्पद र निन्दनीय ।
नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||
प्रकाशित मिति: २०२३-०२-२३ , समय : १०:०४:०१ , ९ महिना अगाडि