Salyan Paribesh , ८४७ पटक हेरिएको

दाङ,
३-फागुन/ एमसीसी खारेजीको माग गर्दै ५ राजनीतिक दलहरुले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी, नेकपा विप्लब, नेकपा माओवादी केन्द्र समाजबादी, वैज्ञानिक समाजवादी पार्टी नेपाल,नेकपा ऋषि कट्टेल, र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका पार्टीले नेपाल बन्दको आह्वान गरेको छ ।
एमसीसी संसद्बाट पारित गर्न नहुने भन्दै संघर्षको कार्यक्रम अघि सारेको विज्ञेप्तीमा उल्लेख गरिएको छ । एमसीसीलाई राष्ट्रको हितविपरित रहेको पनि भनिएको छ । राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको मुद्दा अब सोझै दलाल पुँजीवादविरोधी संघर्षको एउटा अनिवार्य मुद्दा बन्न पुगेको पनि उल्लेख गरिएको छ ।
प्रकाशित मिति: २०२२-०२-१५ , समय : १४:५१:१० , १ वर्ष अगाडि