प्रेम प्रकृति का चोटिला मुक्तकहरु भिडियो सहित l

MUKTAK COLLECTION । nepali muktak sayari। Prem Prkriti ka Muktak

सल्यान परिबेश डट्कम , ३४६६  पटक हेरिएको

सल्यान / फागुन, ११

 

(1)- भित्री आत्मदेखी सुस्ता हेर कालापानी हेर।

भोको पेटले  मागेको हातमा  राहदानी हेर।

तिनै भ्रष्ट नेताहरू हुन् बेच्न बाध्य बनाउने,

गरिब जन्ताको  परदेशमा बैँस जवानी हेर।


(2)- बाध्यता भनुँ या रहर भएर काम गर्नुपर्छ।

प्रायःदिनहुँ मनमा डर भएर काम गर्नुपर्छ।

स्वदेशमा जस्तो कहाँ हुन्छ र पराइ देशमा,

नोकरको  पनि नोकर भएर काम गर्नुपर्छ।


(3)- खुसी  हुने र दु:खी हुने सबैको पालो आउँछ नि।

गन्तव्यहिन यात्रामा उकालो ओरालो आउँछ नि।

प्रकृतीको नियम न हो, थोरै पाएको हाँसो खुसी,

भत्काउन  एकदिन  मनमा भुँइचालो आउँछ नि।


मुक्तक सुन्नको लागि भिडियोमा क्लिक गर्नुस


(4)- समस्याहरू झन्झन् जटिल बन्दै जान्छ।

दु:ख पीडाहरूको मेहफिल बन्दै जान्छ।

काँडारुपी वचन प्रहार नगर म माथी प्रीय,

फेरि पत्थरजस्तै कठोर दिल बन्दै जान्छ।


(5)- दिन भन्दा नि त्यो रात हेरेर कुरा गर्छन्।

मान्छेले मान्छेको जात हेरेर कुरा गर्छन्।

त्यी आफ्ना भन्नेहरू कतै आफ्ना हुँदैनन्

बेला बखतमा औकात हेरेर कुरा गर्छन्।


प्रकाशित मिति: २०२३-०२-२३ , समय : १९:२३:५८ , ९ महिना अगाडि