सल्यान परिवेश डट्कम , ५७२ पटक हेरिएको

राष्ट्रपति चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धन भत्किने अवस्थामा पुगेकाे भए पनि सत्ता गठबन्धन जाेगिने सम्भावना अझै रहेको छ माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच वर्ष नै प्रधानमन्त्री बनाउने लिखित सहमति गरे नेकपा एमालेलाई राष्ट्रपति दिन माओवादी तयार रहेको बुझिएको छ ।
माओवादी केन्द्रले सरकार आफूले पाँच वर्ष चलाउन पाउने सुनिश्चित भए १० पुसको सहमतिमा फर्कन सक्ने आशय देखाएकाे छ । माओवादी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा २६ पुसमा गरेको सम्बोधनबाट झस्केको छ । सरकारले विश्वासको मत लिएको दिन अध्यक्ष ओलीले आफूले दुईपटक गरेको
संसद विघटन ठीक थियो भनेपछि प्रधानमन्त्री प्रचण्ड झस्केका थिए । साढे दुई वर्षपछि पुन: ओली त्यही विघटनको बाटोमा जान सक्ने भन्दै प्रचण्डले एमालेलाई राष्ट्रपति दिन नचाहेको बताइन्छ ।आफूलाई पाँच वर्षका लागि नै प्रधानमन्त्री हुने
नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||
सभामुख, राष्ट्रपति र प्रधानमन्त्री एमालेको हुने गरी अब गठबन्धनसँगै जाँदैन । प्रधानमन्त्री पाँच वर्ष प्रचण्ड हुने सुनिश्चितता चाहियो ।’एमालेको सभामुख र राष्ट्रपति भए पनि माओवादी आफू पाँच वर्ष प्रधानमन्त्री हुने र वाम गठबन्धन निरन्तर अगाडि बढाउने विकल्पमा पनि छलफल गर्ने तयारीमा माओवादी रहेको स्रोतले बतायाे ।
भिडियोमा क्लिक गरि मनोरंजन लिनुस
प्रकाशित मिति: २०२३-०२-२३ , समय : १९:५१:२७ , ३ महिना अगाडि