भागिरथ चलाउनेको अंगालोमा मोडेल गिता ढुंगाना

दिल बिक्रम शाही , १७३३  पटक हेरिएको

फागुन ११ सल्यान ।

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि रुचाई रहेका छन् । यसै क्रममा सल्यानी गायक एवम् सर्जक भागिरथ चलाउने को ´ जले जलोस हिउँचुली सुकोस फेवाताल ` गित बजारमा सार्वजनिक भएको छ ।

गित संगितमा आफ्नो छुट्टै पहिचान बनाएका गायक सर्जक भागिरथ सल्यानमा जन्मिएका हुन् । उनका चर्चित गित कसलाई सोध्ने होला ,झमझम झम्कान लगायतका दर्जनौं बढी गित बजारमा छन् ।

अहिले भख्खर मात्र बजारमा आएको गित ´ जले जलोस हिउँचुली सुकोस फेवाताल `गितमा भागिरथ चलाउने र शान्ति श्री परियारको आवाज रहेको छ । उक्त गितको लय शव्द सृजना भागिरथ चलाउने ले गरेका छन् ।


नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||


उक्त गितमा बाचुन्जेल सम्म लगाएको माया पिरती कहिलेनी नछुटोस सधै अमर रहि राखोस लगातयका मन छुने शव्दहरु सुन्न पाईन्छ । गितको म्युजिक एरेन्ज कृष्ण बि.क भान्ज ले गरेका छन् भने मिक्सिङ्ग श्यामसुइट रसाईली ले गरेका हुन् । उक्त गित म्युजिक पृज्म स्टुडियोमा रेकर्डिङ गरिएको छ । अडियो भिडियो मौलिका नेपाल ले निर्माण गरेको छ ।

गितको भिडियोमा सबैले रुचाएकी मोडेल गिता ढुंगाना र भागिरथ चलाउने लगायतको अभिनय रहेको देख्न पाईन्छ । निर्देशन प्रकाश भट्टले गरेका छन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

भिडियो भागिरथ चलाउनेको आफ्नै अफिसियल युट्युबमा हेर्न सकिन्छ ।

प्रकाशित मिति: २०२३-०२-२३ , समय : १९:५६:४१ , ४ हप्ता अगाडि