सल्यान परिबेश डट्कम , ११५६ पटक हेरिएको

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ओडीआई विश्व वरियतामा एकै पटक ५१ स्थानमाथि उक्लिएका छन् ।
उनले विश्व वरियतामा छलाङ मार्दै ८२औँ स्थानबाट ३१औँ स्थानमा उक्लिन सफल भएका हुन् । नेपालमा सम्पन्न विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेलबाट सन्दीपले छलाङ मारेका हुन् ।
श्रृंखलामा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै १३ विकेट लिएका थिए । सन्दीपलेएकदिवसीय वरीयतामा टेस्ट राष्ट्रका कयौँ विश्वचर्चित बलरहरुलाईसमेत पछाडि पारेका हुन् ।
भारतका मोहम्मद सामी, पाकिस्तानका सदाब खान, न्यूजिल्यान्डका टिम साउथी, ईंग्ल्यान्डका डेविड विली, अष्ट्रेलियाका एस्टोन अगरजस्ता खेलाडीहरु वरीयतामा सन्दीपभन्दा पछाडि छन्।
नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||
प्रकाशित मिति: २०२३-०२-२४ , समय : १२:३१:०४ , ९ महिना अगाडि